आरआरआरको कमाइ पहिलो हप्तामा ७०० करोड नजिक

डिसी नेपाल
१७ चैत २०७८ १५:४३
456
Shares

काडमाडौं। बाहुबली निर्देशक एसएस राजामौलीको फिल्म आरआरआर ले बक्स अफिसमा सबै रेकर्ड ध्वस्त पार्दै अघि बढिरहेको छ । साउथ सुपरस्टार जुनियर एनटीआर र रामचरणको यो फिल्मले दिन प्रतिदिन कमाइको रेकर्ड तोडिरहेको छ । आरआरआरले बक्स अफिसमा धमाका मच्चाएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले आरआरआरको फिल्मको कमाईको पछिल्लो तथ्यांक साझा गरेका छन् । जस अनुसार राजामौलीको फिल्मको हिन्दी संस्करणले १२०.५९ करोड कलेक्सन गरेको छ । आरआरआरको हिन्दी संस्करण पहिलो हप्तामा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले शुक्रबार २०.०७ करोड, शनिबार २४ करोड, आइतबार ३१.५० करोड, सोमबार १७ करोड, मंगलबार १५.०२ करोड, बुधबार १३ करोड कमाएर १२०.५९ करोडको आँकडा पार गरेको छ ।

फिल्मले विश्व बजारमा पनि नयाँ रेकर्ड बनाइरहेको छ । ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार आरआरआरले ५ दिनमा ६०० करोड कमाएको छ । छैटौं दिन आरआरआरले ५०.७४ करोडको व्यापार गरेको छ । योसँगै ६ दिनमा आरआरआरको विश्वव्यापी बक्स अफिस कलेक्शन ६७२.१६ करोड पुगेको छ । फिल्म अहिले ७ सय करोडको कमाइमा अघि बढेको छ । अचम्मको कुरा के छ भने आरआरआरले ६७२.१६ करोड कमाएर बाहुबलीको लाइफटाइम ग्रोस बिजनेस (६५० करोड) लाई पछि पारेको छ। आरआरआर सबैभन्दा धेरै कमाउने सातौं भारतीय फिल्म बनेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *