हेटौंडा : मेयर कप फुटबल स्थगित

डिसी नेपाल
१८ चैत २०७८ ९:४८

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको आयोजनामा २० चैतका लागि तय भएको मेयर कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

२०-३० का लागि तय भएको  प्रतियोगिता अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएका कारण देखाउँदै पाँचौं संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमप्रसाद पौडेलले एक सूचना जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी गराएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *