सत्तारुढ दलले रुपन्देहीमा गठबन्धन गर्ने

डिसी नेपाल
१९ चैत २०७८ १९:१२

बुटवल । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीमा पनि चुुनावी तालमेल गर्ने भएका छन् । नेपाली कांग्रेससहित आज भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै जिल्लास्तरीय संयन्त्र गठन गरेको छ ।

रुपन्देहीका सभापति रामकृष्ण खाँणको सयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक नारायण जिसी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राजुु गुुरुङ, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरिएको छ ।

उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुुस्थिति बुझेर केन्द्रलाई सुुझाव पठाउने छ भने जिल्लामा आवश्यक रणनीति तय गर्ने जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *