गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च पाउँदा सामाजिक सुरक्षा भत्ता कटौती किन ?

डिसी नेपाल
१९ चैत २०७८ २१:४९

अहिले २०७८\१२\१३ को मन्त्री स्तरीय निर्णय अनुसार पास भएको कार्यविधी २०७८ अनुसार मृगौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार औषधी खर्च दिँदा खाईपाई आएको सामाजिक सुरक्षाभत्ता कटौती हुने निर्णय सरासर गलत छ ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को बुँदा नं. ४ मा भनिएको छ ।

लाभग्राहिले पाउने औषधी उपचार बापत खर्च नेपाल सरकारले तोकेको मासिक पाँच हजार रुपियाँका दरले त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा जम्मा गर्नेछ । नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्था मा संगठन संस्थाबाट रोजगारी र निविृत्तिभरण वा विदेशी सरकारबाट रोजगारीरपेन्सन प्राप्त गरिरहेको व्यक्ति लिए यस निर्देशिका बमोजिम मासिक वित्ति उपलब्ध गराईने छैन ।

त्यसगरी नेपाल सरकारबाट उपलब्ध गराईदै आएको ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडीएको भत्ता, अपांग भत्ता लगायत नेपाल सरकारबाट साबिकमा पाई आएको सामाजिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता र मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् । त्यसैगरी यसै कार्यविधिमा उल्लेखित एकभन्दा बड़ी रोग लागेका व्यक्तिले दोहोरो पर्ने गरी यस किसिमको भत्ता प्राप्त गर्ने छैनन् ।

के सरकारले सामाजिक सुरक्षाभत्ता औषधीखर्च भनेर वितरण गर्दै आएको हो र ? औषधी खर्च उपलब्ध गराउदा सामाजिक सुरक्षा भत्ता कटौती गर्ने ? सरकारले सामाजिक सुरक्षा भत्ता नलिएका माथी उलेखित मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने कि नगराउने ? यो कुरालाई गहन तरिकाले अध्ययन गरौँ , के यो कुरा सान्दर्भिक छ ।

हो गरिबीको रेखामुनि भएकालाई मात्र उपलब्ध गराउने भन्न मिल्छ तर सामाजिक सुरक्षा भत्ता वा उपचार खर्चमध्ये एउटा मात्र पाउने भन्न मिल्दैन । र अर्कोकुरा राज्यले जनतालाई उपचार र औषधी (स्वास्थ्य सेवा) निशुःल्क गर्ने हो यसरी व्यक्तिगत रूपमा रकम वितरण गर्ने होईन ।

त्यसैले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधी उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७८ को उचित संशोधन वा खारेज गर्नुपर्छ ।

लेखक स्वयं Spinal Cord injury पीडित ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *