नेपालमा थपिए २३ कोरोना संक्रमित, ६६ जना कोरोनामुक्त

डिसी नेपाल
२० चैत २०७८ १७:२२

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ९ सय ९ नमुनाको परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोनामुक्त भएका छ्न् ।

हाल नेपालमा ८ सय ९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ३० हजार ४४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *