बाह्रबिसेमा ग्यास पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

डिसी नेपाल
२१ चैत २०७८ ६:२२
40
Shares

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ। लामाटोलका स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस पड्किएको हो।

ग्याँस पड्केपछि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए। आगोलागीबाट तामाङका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङको ६ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङका साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको हो।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको हो। मीनबहादुर पनि घाइते भएका छन्। र, उनलाई उपचारको लागि अस्पताल लगिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *