१३ कोरोना संक्रमित थपिए,५७ जना कोरोनामुक्त

डिसी नेपाल
२३ चैत २०७८ १८:०८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ७ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने सुन्य रहेको छ ।

सोही अवधिमा ५७ जना कोरोनामुक्त भएका छन् । हाल कोरोनाको सक्रिय संक्रमित संख्या ७ सय ६५ रहेको छ । पछिल्लो २४ घन्टामा ५६ हजार ५२७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *