अल कायदा प्रमुखको बयानबारे कर्नाटककी मुस्कान खानका पिताले के भने ?
काठमाडौं । चरमपन्थी संगठन अल-कायदा प्रमुख अल-जवाहिरीको तर्फबाट कर्नाटक हिजाब विवादका बीच चर्चामा आएकी मुस्कान खानको प्रशंसाका विषयमा उनका बुबाले जवाफ दिएका छन्।
मुस्कान खानका बुबाले अल जवाहिरीको भनाइलाई गलत बताउँदै आफू र आफ्नो परिवार भारतमा शान्तिपूर्ण जीवन बिताइरहेको बताए ।
समाचार एजेन्सी पीटीआईले मुस्कान खानका बुबा मोहम्मद हुसैन खानलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई यसको (भिडियो) बारेमा केही थाहा छैन। हामीलाई उनी को हुन् भन्ने थाहा छैन। मैले उनलाई आज पहिलो पटक देखें। उनले अरबीमा केही कुरा गरे। हामी सबै यहाँ दाजुभाइ जस्तै माया र विश्वासका साथ बाँचिरहेका छौं।”
अल-जवाहिरीले मुस्कान खानको प्रशंसा गरेको बारेमा सोध्दा, मोहम्मद हुसेनले भने, “मानिसहरूले जे चाहन्छन् भन्छन् … यो अनावश्यक समस्या हो। हामी हाम्रो देशमा शान्तिपूर्वक बाँचिरहेका छौं । हामी चाहँदैनौं उनी हाम्रो बारे कुरा गरुन् किनभने उनीहरुको हामीसँग कुनै सरोकार छैन । यो गलत हो, यो हामीबीच विभाजन ल्याउने प्रयास हो ।”
अप्रिल ५ मा जारी गरिएको अल-जवाहिरीको भिडियोमा कर्नाटककी विद्यार्थी मुस्कान खानलाई “भारतको महान महिला” भनेर उल्लेख गरिएको छ। मुस्कान खान कर्नाटकमा हिजाबको विवादमा हिन्दू कार्यकर्ताका अगाडि नारा लगाएपछि चर्चामा आएकी थिइन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment