थप्पड हान्ने अभिनेता विल स्मिथलाई १० वर्षको प्रतिबन्ध

डिसी नेपाल
२६ चैत २०७८ ११:०९

काठमाडौं । हलिउड अभिनेता विल स्मिथलाई आगामी १० वर्षको लागि ओस्कारमा सहभागी हुन प्रतिबन्ध लगाइएको छ । हालै ओस्कार समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि उनीमाथि यो प्रतिबन्ध लगाइएको हो ।

साथै, स्मिथलाई आगामी दशकसम्म एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सको कुनै पनि कार्यक्रममा भाग लिन प्रतिबन्ध लगाइनेछ।

प्रतिष्ठानको पत्रमा यो जानकारी दिइएको हो । तर, उनलाई ‘किंग रिचर्ड’का लागि दिइएको सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिर्ता लिने वा भविष्यमा ओस्कार अवार्डका लागि मनोनयन हुने भन्ने स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *