सोनम कपूरको घरबाट करोडौंको नगद र गरगहना चोरी

डिसी नेपाल
२६ चैत २०७८ १३:५६

काठमाडौं । बलिउड उद्योगबाट स्तब्ध पार्ने खबर बाहिर आएको छ। अभिनेत्री सोनम कपुर र उनका पति आनन्द आहुजाको दिल्लीको घरमा चोरी भएको छ । समाचार अनुसार चोरले दम्पतीको घरबाट १ करोड ४१ लाख रुपैयाँका गरगहना र नगद लिएर फरार भएका छन् । सोनम कपुर र आनन्द आहुजाको घर दिल्लीको अमृता शेरगिल मार्गमा रहेको छ । आनन्दका बुवा हरिश आहुजा, आमा प्रिया आहुजा र हजुरआमा सरला आहुजा यहाँ बस्छन्।

चोरीको यो घटनामा २३ फेब्रुअरीमा दिल्लीको तुगलक रोड पुलिस स्टेशनमा यस सम्बन्धमा उजुरी दिइएको थियो। जानकारीका अनुसार २३ फेब्रुअरीमा दिल्ली पुलिसले यस मामिलामा एफआईआर दर्ता गरेको थियो। २२ फेब्रुअरीमा सरला आहुजाले आफ्नो झोला चेक गर्दा नगद र गरगहना भएको झोला खाली पाइन् । अनुमान अनुसार त्यसमा एक करोड ४१ लाख रुपैयाँ बराबरको गहना र नगद थियो । यो झोला सरला आहुजाले झण्डै दुई वर्षपछि हेरेकी थिइन् ।

घरमा धेरै खोज्दा पनि गहना र नगद नभेटेपछि सरला आहुजाले दिल्ली प्रहरीमा उजुरी गरिन् । अहिलेसम्म प्राप्त जानकारी अनुसार दिल्ली प्रहरीले एफआईआर दर्ता गरेपछि घरका कर्मचारीसहित करिब २५ जनासँग सोधपुछ गरेको छ । दिल्ली प्रहरीका अनुसार पछिल्ला दुई वर्षमा धेरैले काम छोडेका छन्, धेरै नयाँ आएका छन् । धेरै सीसीटीभी फुटेजहरू पनि हेरिएका छन्। विगतमा काम छाडेर गएकाहरुको विवरण पनि जाँच भइरहेको छ ।

सोनम कपुर र आनन्द आहुजा अहिले मुम्बईमा छन् । नायिका छिट्टै आमा बन्न लागेकी छिन् । केही दिनअघि सोनम कपुरले आनन्दसँगको तस्बिर पोस्ट गरेर फ्यानहरूलाई गर्भावस्थाको खबर दिएकी थिइन् । उनलाई देखेर फ्यानहरु निकै खुसी भएका थिए । यतिबेला सोनम कपूर फिल्म इन्डस्ट्रीबाट अलि टाढा छिन् र उनीसँग कुनै प्रोजेक्ट छैन । उनले आफ्नो पूर्ण ख्याल गरिरहेकी छिन् र राम्रो खानपान पनि गरिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *