रसुवा अस्पतालमा मानसिक रोगसम्बन्धी परामर्श सेवा

डिसी नेपाल
२६ चैत २०७८ १७:४७

रसुवा । मानसिक रोगसम्बन्धी समस्या समयमै समाधान गर्न स्थानीयस्तरबाटै परामर्श सेवा दिन थालिएको छ । परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो ।

जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेण्डेन्ट डा. शान्ति भुर्तेल नेपालका अनुसार १२ जना स्थानीय बासिन्दाले यस्तो सेवा प्राप्त गरिसकेका छन् । मनोसामाजिक परामर्शका लागि रसुवामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन बाँकी रहेको र हिमाली क्षेत्रमा बढ्न सक्ने मानसिक समस्या समयमै समाधान गर्न प्रदेश सरकारले रसुवा अस्पतालको शैयाबाट विशेष सेवा प्रदान गरेको चिकित्सकले बताएका छन् ।

मानसिक रोगको समस्या समाधानमा सहजीकरणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बागमती प्रदेशका लागि खटाएको प्रतिनिधिले रसुवामा समेत भ्रमण गर्ने गरेको अस्पतालले जनाएको छ । वरिष्ठ मनोविज्ञ डा सुरज तिवारीले प्रत्येक महिनाको चौथो बिहीबार धुञ्चेस्थित अस्पतालबाट सेवा दिने भएकाले स्थानीयस्तरको सेवा अधिकतम् उपयोग गर्न जिल्लावासीसामु अनुरोध गरिएकोसमेत डा. भुर्तेलले बताए ।

यस्तै रसुवा अस्पतालमा ल्याब टेक्निसिएन नहुँदा उपचार सेवामा असर परिरहेको छ । ल्याब तथा एक्सरे सञ्चालन गराउने दक्ष जनशक्ति व्यवस्थाका लागि सहयोग गरिदिन यहाँ क्रियाशील नागरिक समाज, पत्रकारलगायत सरोकारवाला निकायसामु डा भुर्तेलले आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *