नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ अन्तरले पराजित

डिसी नेपाल
२७ चैत २०७८ १३:२९
252
Shares

काठमाडौं। एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५-१ को अन्तरले पराजित भएको छ। कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे।

नेपालका मणि लामाले एक मात्र गोल फर्काए। एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले पहिलो हाफमै तीन गोल गरेको थियो। नेपालले दोस्रो हाफमा एक गोल फर्कायो।

खेलको दोस्रो मिनेटमै निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए। ११औँ मिनेटमा अकबरले दोस्रो गोल गरे भने इख्तियोरले १६ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछि पर्याे।

२८ मिनेटमा रिवाउण्ड बलमा मणिले गोल गर्दै अग्रता ३–१ मा झारे। ३२ मिनेटमा इख्तियोरले व्यक्तिगत तेस्रो गोल गरे भने एब्बोसले ४०औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई ५-१ को सहज जित दिलाए। समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २९ चैतमा अफगानिस्तानसँग खेल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *