५ लाख घुससहित मालपोत कार्यालय जनकपुरका एक कर्मचारी पक्राउ
जनकपुरधाम। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जनकपुरमा कार्यरत एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ। आयोगले सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झालाई ५ लाख घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्ने लगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment