बिहान देशभर बदली, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना
काठमाडाैं। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ।
दिउँसाे प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति प्रदेश १ को पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment