अर्घाखाँचीमा ट्रयाक्टरबाट खसेर १२ वर्षीया बालिकाको मृत्यु
अर्घाखाँची। अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ मा आज गुडिरहेको ट्रयाक्टरबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रोम बहादुर कुमालकी १२ वर्षीया छोरी नहमुना कुमाल रहेकी छिन्।
दुर्गाफाटबाट ढुङ्गा लिएर आउँदै गरेको लु २ त ९३७१ नम्बरको ट्रयाक्टरबाट खस्दा उनलाई सोही ट्रयाक्टरले किचेको थियो।
ट्रयाक्टर सहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment