नयाँ वर्षको दिन ख्वप कलेजको साइकल यात्रा

डिसी नेपाल
३० चैत २०७८ १८:०९

भक्तपुर । नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ ।

‘साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार यात्रा सुरु हुने छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् ।

साइकल यात्रा बिहान ६ः३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको छ । यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने छ । त्यहाँबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने जनाइएको छ । यात्रा १२ किलोमिटरको रहने जनाइएको छ ।

ख्वप कलेज मानविकी संकायको बिएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याइका अनुसार साइकल यात्राको मूल उद्देश्य स्वास्थ्य र वातावरण बचाउनु रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *