म्यानचेस्टर सिटी सेमिफाइनलमा
काठमाडौं। दस खेलाडीमा सीमित एट्लेटिको मड्रिडसँग युइएफए च्याम्पियन्स लिगअन्तर्गत दोस्रो लेगमा बुधबार राति गोलरहित बराबरी खेल्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ।
समग्रमा इंग्लिस क्लब सिटीले स्पेनिस क्लब मड्रिडलाई १-० अन्तरले पराजित गर्यो। दोस्रो लेगमा एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो।
घरेलु मैदानमा बनाएका केही अवसर सदुपयोग गर्न नसक्दा एट्लेटिको सेमिफाइनल पुग्न सफल भयो । बुधबार नै भएको खेलमा लिभरपुल र बेन्फिकाले ३-३ गोलको बराबरी खेलेपनी समग्रमा ६-४ले विजयी हुँदै सेमिफाइनलको टिकट काट्यो।
फाइनल प्रवेशका लागि सिटीले अर्को स्पेनिस क्लब रियल मड्रिडसँग खेल्नेछ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment