बैशाख १ गतेमात्र फूल फुल्ने सलहेश फूलबारीमा मेला (फोटोफिचर)

डिसी नेपाल
१ वैशाख २०७९ ११:११

काठमाडौं। नयाँ वर्ष अर्थात बैशाख १ गतेमात्र फूल फुल्ने सलहेश फूलबारीमा हेरक वर्ष बैशाख १ र २ गते मेला लाग्ने गरेको छ।सिरहा जिल्लाका राजा सलहेशको गाथासँग जोडिएका स्थान लहान बजारबाट पाँच किलोमिटर पश्चिम राजमार्गदेखि दक्षिण तर्फ रहेको सलहेश फूलबारीमा नयाँ बर्षको दिनमात्र फूल फुल्ने गरेको किम्बदन्ती छ । यो फूल हेर्न नेपाल र भारतबाट हजारौं भक्तजनहरु आउने गरेका छन् ।

राजा सलहेशको गाथासँग जोडिएको सिरहा र उदयपुर जिल्ला भित्रमात्र आधा दर्जन स्थानहरु छन् । सिरहा सदरमुकामको महिसौथा, लहान नगरपालिका क्षेत्रमा पर्ने मानिकदह, सलहेश फूलबारी र पकडियागढ तथा धनगढीमाई नगरपालिकामा पर्ने सलहेश डाँडा र उदयपुरको बेलकागढी मुख्य रूपमा रहेका छन् ।

दुसाध जातिको इष्ट देवताका रूपमा चिनिएका राजा सलहेशलाई सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी जिल्ला लगायत भारतको मिथिला क्षेत्रमा एक प्रतापी राजाको रूपमा चित्रित गरिन्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *