मोस्कवा युद्धपोत डुबेपछि युक्रेनमा रुसको मिसाइलको वर्षा
काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा धेरै मिसाइल आक्रमण गरेको जनाएको छ । रुसले यस्ता आक्रमणलाई तिब्रता दिने चेतावनी दिएको छ । रुसले युक्रेनको “आतंकवादी हमला” र क्षति पुर्याउने कार्यको बदलास्वरूप यो गरिएको बताएको छ । रुसका अनुसार रातको समयमा उसको क्रुज मिसाइलले कीभको एउटा कारखानालाई निशाना बनाएको थियो, जहाँ वायु रक्षा प्रणाली र एन्टी-शिप मिसाइलहरू बनाइन्छ।
टेलिग्राममा जारी गरेको विज्ञप्तिमा रुसी रक्षा मन्त्रालयले मिसाइल आक्रमणमा कारखाना ध्वस्त भएको दाबी गरेको छ । बिहीबार रुसले युक्रेनले रुसी सहरलाई निशाना बनाउन सीमा पारी हेलिकप्टर पठाएको आरोप लगाएको थियो । बीबीसीले रुसको यो दाबी पुष्टि गर्न सकेको छैन।
त्यसको एक दिनअघि युक्रेनले रुसी युद्धपोत मोस्कवालाई मिसाइल हमला गरेको दाबी गरेको थियो । तर, रुसले यसलाई अस्वीकार गरेको छ । रुसले मोस्कवामा आगलागी भएको र त्यही कारणले बारुद विस्फोट भएको बताएको छ । तर युक्रेनले क्षेप्यास्त्र प्रहारका कारण मोस्कवामा प्रवेश गरेको दाबी गरेको छ । युक्रेनले पनि मोस्कवा डुब्न लागेको बताएको छ। र अन्तमा मोस्कवा डुब्यो।







डिसी नेपाल







Facebook Comment