साउदी राजकुमार र जिनपिङको वार्ताले पश्चिमी देश तरंगित, अन्त्य हुनसक्छ डलरको वर्चश्व

डिसी नेपाल
३ वैशाख २०७९ १२:२९
7.2k
Shares

काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमान र चिनियाँ राष्ट्रपति सी जिनपिङले आ–आफ्नो देशबीच साझेदारी प्रवर्द्धन गर्ने उपायबारे छलफल गरेका छन् ।

रियादले बेइजिङसँग डलरको सट्टा युआनमा तेल बेच्न वार्ता गरिरहेको गत महिना रिपोर्ट आएको बेला यो छलफल भएको हो। यो खबरले पश्चिमी देश तरंगित बनेका छन् किनकि यी २ देशबीच युआनमा तेलको कारोबार हुन थालेमा अन्तर्राष्टरिय बजारमा डलरको वर्चश्व अन्त्य हुनेछ ।

१५ अप्रिलमा साउदी अरेबियाको समाचार एजेन्सी एसपीएले साउदी युवराज र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको बताएको थियो तर के छलफल भएको थियो भन्ने विवरण भने दिएको छैन।

उक्त वार्तामा दुई देशबीचको रणनीतिक सम्बन्ध अभिवृद्धि गर्ने प्रयास र साझा चासोका अन्तर्राष्ट्रिय विषयमा छलफल भएको प्रतिवेदनमा उल्लेख छ ।

तर यस प्रतिवेदनमा तेलको बिक्री वा तेलको मूल्य निर्धारण गर्न वार्ता भएको उल्लेख छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *