साउदीले अल-अक्सा मस्जिदमा इजरायलको कारवाहीलाई ‘पवित्रतामाथिको आक्रमण’ भन्यो
काठमाडौं । साउदी अरेबियाले जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टाइनीहरूमाथि इजरायली सुरक्षा बलको कार्यको निन्दा गरेको छ। साउदी अरेबियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नियमित रूपमा बढ्दै गएको आक्रमण अल-अक्सा मस्जिदको पवित्रता र इस्लामिक राष्ट्रको हृदयमा आक्रमण हो।”
रमजानको पवित्र महिनामा प्यालेस्टाइनीहरू शुक्रबार प्रार्थनाको लागि भेला भएका थिए जसमा उनीहरू र इजरायली प्रहरीबीच झडप भएको थियो। इजरायलले कम्पाउण्डमा प्यालेस्टाइन र हमासको झण्डाका अतिरिक्त प्यालेस्टाइनीहरूले ढुङ्गा जम्मा गरेको आरोप लगाएको छ । अर्कोतर्फ प्यालेस्टाइनीहरूले प्रार्थनाको क्रममा आक्रमण भएको बताएका छन्।
झडपमा करिब १५० प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् । जोर्डन र युएईले पनि मस्जिदमा प्रवेश गरी प्रहरी कारबाहीको निन्दा गरेका छन् ।
साउदी अरेबियाले प्यालेस्टाइनीहरू, उनीहरूको भूमि र उनीहरूका पवित्र स्थलहरूमा जारी आक्रमणहरूको लागि इजरायली सुरक्षा बलहरूलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ।
यसैबीच, साउदी विदेश मन्त्रालयले मध्यपूर्वमा शान्ति प्रयासलाई पुनर्जीवित गर्न आवश्यक रहेको बताएको छ।
गत वर्ष रमजानको महिनामा यस्तै हिंसा भएको थियो, त्यसपछि हमास र इजरायलबीच वर्षकै लामो द्वन्द्व सुरु भएको थियो। ११ दिनसम्म चलेको युद्धपछि इजिप्ट, जोर्डन र अमेरिकाको मध्यस्थतामा यो द्वन्द्व रोकिएको थियो ।







डिसी नेपाल







Facebook Comment