अल-अक्सा मस्जिदको घटनाबारे शाहबाज शरीफ र तालिबान शासनले के भने?
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले जेरुसेलमको अल-अक्सा मस्जिदमा इजरायली सुरक्षा बलको कारबाहीको निन्दा गरेका छन्।
शाहबाज सरिफले ट्वीट गर्दै अल-अक्सा मस्जिदमा छापा मार्नु र हिंसालाई बढावा दिनु मानवअधिकार र मानवीय कानुनको उल्लङ्घन भएको बताए।
उनले ट्विटमा लेखेका छन्, ‘हामी प्यालेस्टिनीहरूसँग ऐक्यबद्धतामा उभिएका छौं। अन्तर्राष्ट्रिय समुदायले निर्दोष प्यालेस्टाइनीको जीवनको रक्षा गर्ने र अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रको बडापत्रलाई समर्थन गर्ने समय आएको छ।’
अर्कोतर्फ पाकिस्तानको छिमेकी राष्ट्र अफगानिस्तानले पनि अल अक्सा मस्जिदमा भएको हिंसाको निन्दा गरेको छ ।
अफगानिस्तानमा तालिवान शासनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी मुस्लिम समुदायलाई प्यालेस्टिनीहरूको मानवअधिकारको रक्षा गर्न र इजरायली क्रूरता रोक्न आग्रह गरेको छ।
रमजानको पवित्र महिनामा, प्यालेस्टाइनीहरू शुक्रबार प्रार्थनाको लागि भेला भएका थिए जसमा उनीहरू र इजरायली प्रहरीबीच झडप भएको थियो।
झडपमा करिब १५० प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।







डिसी नेपाल







Facebook Comment