अमेरिकी राष्ट्रपतिलाई गोली हान्ने व्यक्ति को हुन् ? अर्को महिना न्युयोर्कमा कन्सर्ट गर्दैछन्

डिसी नेपाल
३ वैशाख २०७९ १४:३९
1.4k
Shares

काठमाडौं । के तपाई विश्वास गर्न सक्नुहुन्छ कि एक व्यक्तिले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिलाई मार्ने प्रयास गरेका थिए । अमेरिकि राष्ट्रपतिलाई गोली नै हानेका यी व्यस्तिले अहिले सांगीतिक कन्सर्ट गर्न लागेका छन् । उनको कन्सर्ट अर्को महिना न्युयोर्कमा हुँदैछ ।

यी व्यक्तिले कन्सर्ट गरिरहँदा उनको कन्सर्ट पनि हाउसफुल भएको छ । यी व्यक्तिको नाम जोन हिन्कले जूनियर हो। उनी ६६ वर्षका भइसकेका छन् । उनले अब जुलाईमा म्युजिक कन्सर्ट गर्न लागेका छन् ।

१२ अप्रिलमा नै उनको सांगीतिक कन्सर्टको सबै टिकट बुक भइसकेको थियो । जोनले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या गर्ने प्रयास गरेका थिए । उनले रेगनलाई पनि गोली हाने ताकि एक अभिनेत्री प्रभावित हुन सकून्। अमेरिकी राष्ट्रपतिलाई सधैं विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ।

जोन हिन्क्लेले आफ्नो शोको बारेमा ट्वीट गर्दै जानकारी दिएका छन्। उनले भने, ‘म यो शोलाई लिएर निकै उत्साहित छु ।’

उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘टिकट बुकिङ राम्रो भइरहेको छ ।’ उनको कन्सर्ट ब्रुकलिनको मार्केट होटलमा हुनेछ। साथै, उनको ट्वीटमा शोको सबै टिकट बिक्री भइसकेको पनि लेखिएको छ । जहाँ जोनको शो हुन गइरहेको छ, त्यहाँ जम्मा ४५० जनाको सिट क्षमता छ।

जोन आफ्नो जीवनको ३५ वर्षसम्म मनोचिकित्सक वार्डमा थिए । यहाँ उनी नार्सिस्टिक र स्किजोइड व्यक्तित्व विकारबाट पीडित पाइएका थिए। तर, वर्षौंसम्म चलेको अभियानअन्तर्गत २०१६ मा उनी रिहा भए । उनको एउटा युट्युब च्यानल पनि छ, जहाँ उनले आफ्ना मौलिक गीतहरू पनि पोस्ट गर्छन्। युट्युबमा उनका २६ हजार सब्सक्राइबर छन् । उनले धेरै संगीत, गीत लेखेका छन् ।

त्यो दिन ३० मार्च १९८१ थियो। जुन दिन जोन हिंक्ली जुनियरले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र उनका दुई कर्मचारी र एक प्रहरीमाथि गोली प्रहार गरेका थिए। यो सबै यी व्यक्तिले प्रसिद्ध अभिनेत्री जोडी फोस्टरलाई प्रभावमा पार्नको लागि गरेका थिए। यो घटना वासिङ्टन हिल्टन होटलमा भएको थियो । उनले कुल ६ गोली हानेका थिए ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेम्स ब्राडीको टाउकोमा चोट लागेको थियो र उनी स्थायी रूपमा अशक्त भएका थिए। उनको 2014 मा मृत्यु भयो। अमेरिकी राष्ट्रपतिको बायाँ फोक्सोमा गोली लागेको थियो । जुन उसको मुटुबाट अलि टाढा थियो । त्यसपछि अमेरिकी राष्ट्रपतिलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यतिमेला जोन हिन्क्ले २५ वर्षका मात्र थिए । उनको साथबाट एउटा कागजको टुक्रा फेला परेको थियो, जसमा उनले अभिनेत्री जोडी फोस्टरको ध्यान आफूतर्फ खिच्नका लागि यस्तो गरेको लेखेका थिए । जसलाई उनी धेरै वर्षदेखि पछ्याउँदै आएका थिए । उनले जोडीलाई धेरै पत्रहरू पनि पठाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *