राजा सलहेशलाई राष्ट्रिय विभुति बनाउन माग

डिसी नेपाल
३ वैशाख २०७९ २२:२९

सिरहा । सिरहा सदरमुकाम महिसोथामा जन्मिएका राजा सलहेशलाई नेपालको राष्ट्रिय विभुति बनाउन माग गरिएको छ । सिरहाली सेवा समाज, नेपालले सनिवार सिरहा सदरमुकाममा राखेको सलहेस बहस कार्यक्रममा बक्ताहरुले उक्त माग राखेका हुन् ।

कार्यक्रममा प्रोफेसर चन्द्रेश्वर प्रसाद यादवले सलहेश यस भेगका एतिहासिक पुरुष रहेको तथा आफ्नो कर्मका कारण मानवको सम्पत्ति बनेकाले राष्ट्रिय विभुति बनाउन उचित हुने बताए ।

कार्यक्रममा सिरहा नगरपालिकाको नाम परिवर्तन गरी सलहेश नगरपालिका राख्नुपर्ने माग समेत गरिएको छ । राजा सलहेशको सिरहा सदरमुकामको महिसोथामा दरवार रहेको बताइएको उक्त नगरपालिकालाई सलहेश बनाउन माग गरिएको हो । पासवान जातिको इष्ट देवताको रुपमा पूजीने सलहेशको गाथासँग जोडिएको महिसोथा र पकडीयागढमा बैशाख २ गते मेला लाग्ने गर्दछ भने बैशाख १ गते फुलवारीधाम र मानिकदहमा मेला लाग्ने गरेको छ ।

बहस कार्यक्रममा डा. विजयप्रसाद मिश्रले सहलेशको दरवार रहेको क्षेत्र कसैको नीजि जग्गा भएकोले सरकारले जग्गा धनीमा मुआब्जा दिएर उक्त जग्गा अधिग्रहणगरी उत्खनन् प्रक्रिया अगाडी बढाउन सुझाव दिएका छन् । उनले राजा सलहेशको गाथासंग जोडिएको सलहेश डाँडामा केबलकार लगाएर पर्यटकीय स्थल बनाउनु पर्ने बताए ।

सूर्य नारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक हिरालाल कर्णले राजा सलहेशको गाथासंग जोडिएका स्थानहरुलाई जोडनेगरी सलहेश सर्किट सडक विस्तार गरी पर्यटन भित्राउने क्रियाकलाप गर्नुपर्ने बताए ।

सिरहाली सेवा समाज नेपालका सचिब किरण पासमानले राजा सलहेशको विषयमा थप अध्ययन अनुसन्धान गरेर जन्म र राज्यकालको विवादित तिथीमितिमा एक्कीन गर्नुपर्ने बताए ।

मालिनी सम्प्रदाय, बर्षमा एकदिनमात्र फुल्ने फुलका भ्रमहरुको बारेमा प्रागिक बहस गर्न आवश्यक भएको कार्यक्रममा बताइएको छ । राजा सलहेशको प्रचार प्रसार गर्ने उनको उदयपुरको बेलकागढीमा भएको दरवारको समेत उत्खनन् गर्नुपर्ने माग सहभागीहरुले गरेका छन् ।

कार्यक्रममा मधुसुधन साह, सिरहा नगरपालिलका वडा नंं. १ का वडाअध्यक्ष महेश यादव, मनोजकुमार पासमान, उपेन्द्र पासमान, शत्रुधन पासमान, साने पासमान लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *