उत्तर कोरियाको नयाँ मिसाइल परीक्षण, परमाणु हतियारको खतरा बढ्यो
काठमाडौं । उत्तर कोरियाले नयाँ हतियारको सफल परीक्षण गरेको दाबी गरेको छ जसले उसको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।
यो नयाँ प्रकारको क्षेप्यास्त्र साना आणविक वारहेड बोक्न सक्षम रहेको विज्ञहरूको विश्वास छ र यसले उत्तर कोरियाले आणविक हतियार परीक्षणको तयारी सुरु गरेको देखाएको छ ।
दक्षिण कोरियाको सेनाले शनिबार राति उत्तर कोरियाले समुद्रमा दुईवटा मिसाइल प्रहार गरेको पुष्टि गरेको छ ।
उत्तर कोरियाका संस्थापक किम इल सुङको जन्मजयन्तीको अवसरमा यस्तो गरिएको हुन सक्ने अनुमान गरिएको छ ।
आइतबार बिहान उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले एक विज्ञप्तिमा किम जोङ उनले नयाँ प्रणालीको परीक्षण अवलोकन गरेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ कि यसले “लामो दूरीका हतियारहरूको क्षमतामा पर्याप्त सुधार गर्नेछ र रणनीतिक आणविक हतियारहरूको परिचालन क्षमतामा वृद्धि गर्नेछ।”







डिसी नेपाल







Facebook Comment