स्याङ्जामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सनाखत
काठमाडौं। स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ।
मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय वीरबहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन्।
दुर्घटनामा चालक सहित ६ जना घाइते भएका छन्। गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ३ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ ।
डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment