युक्रेनी सहर खार्किभमा शृंखलाबद्ध मिसाइल प्रहार, ५ जनाको मृत्यु

डिसी नेपाल
५ वैशाख २०७९ ६:२०
160
Shares

किभ। रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन्।

खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम खाउस्टोभले मिसाइल हमलामा ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। शृंखलाबद्ध विस्फोटपछि सहरका केही भागमा आगो लागेको र भवनका छानाहरू भत्किएको बताइएको छ। आवासीय क्षेत्रमा भएका ती विस्फोटलगत्तै दमकल र अग्नी नियन्त्रक टोली परिचालन गरिएको छ।

हमलापछि सर्वसाधारण मानिसहरू अत्तालिएका थिए भने सर्वसाधारण मानिसहरू सडकमा दौडिएका देखिन्थे। त्यस्तै, घटनास्थल नजिकैबाट कारहरू हुइँकिएका थिए । आक्रमणपछि सडकमा रगत लत्तपत्तिएको एएफपीले जनाएको छ । रुसी सेनाले ६ देखि ८ ओटा मिसाइल हमला गरेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *