आईपीएलमा चेन्नई गुजरातसँग पराजित
काठमाडौं। नेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२२ टी-२० क्रिकेटमा पाँचौ जित निकालेको छ। आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्याे।
गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए। राशिद खानले ४० रनको योगदान गरे। चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो। चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए। अम्बाती रायडुले ४६ रनको योगदान गरे।
जितसँगै गुजरात ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ। पाँचौ हार बेहोरेको चेन्नई २ अंक जोडेर नवौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment