बायर्नलाई ९ अंकको अग्रता

डिसी नेपाल
५ वैशाख २०७९ ७:३०
32
Shares

काठमाडौं। अर्मेनिया विलेफिल्डलाई ३-० अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले नौ अंकको अग्रता बनाएको छ। स्पस्ट नौ अंकको अग्रतासँगै गत साता च्याम्पियन्स लिगबाट बाहिरिएको बायर्न बुण्डेस लिगा उपाधि नजिक रहेको छ।

बायर्नको जितमा सर्ज जिनाब्री र जमल मुसिएलाले १-१ गोल गरे। यस्तै, एक गोल अर्मेनिया विकेफिल्डका ज्याकोव बारेट लाउरसेनले आफ्नै पोस्टमा गरे। जितसँगै बायर्नले ३० खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बोरुसिया डर्टमुन्डको ६३ अंक सहित दोस्रो स्थानमा छ।

पराजित अर्मेनिया विलेफिल्ड २६ अंक जोडेर १७औं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *