युक्रेनमा फेरि तीब्र हमला, मारिओपोलको अस्थित्व मेटिएको युक्रेनकै विदेशमन्त्रीको स्वीकारोक्ती

डिसी नेपाल
५ वैशाख २०७९ ८:३३
2.3k
Shares

किभ। रुसी सेनाले युक्रेनका महत्वपूर्ण क्षेत्रहरुमा गोलाबारी र हवाई हमला फेरि तीब्र पारेका छन् । ओडेसा नजिकैको सहर माइकोलाइभमा निरन्तर रकेट हमला भएको त्यहाँका गभर्नरले बताएका छन्।

पूर्वीयुक्रेनमा हवाई हमलाका साइरनहरु निरन्तर बजिरहेका बीबीसीले जनाएका छ। युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाले पूर्वीबन्दरगाह सहर मारिओपोलको अब कुनै अस्थित्व नरहेको बताएका छन्। झन्डै दुई महिनाअघि युद्ध सुरु भएपछि मारिओपोल निरन्तर रुसी सेनाको हमलामा परेको छ।

यसैबीच, युक्रेनका प्रधानमन्त्री डेनिस स्माइहलले घेराबन्दीमा परेको मारिओपोल सहरमा युक्रेनी फौज रुसविरुद्ध अन्तिम समयसम्म लड्ने बताएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *