सांघाइमा कोभिडबाट तीन जनाको मृत्यु

डिसी नेपाल
५ वैशाख २०७९ ९:४५
96
Shares

बेइजिङ। मार्चको अन्त्यमा लकडाउनमा प्रवेश गरेपछि गरेपछि चीनले पहिलो पटक सांघाईमा कोभिडबाट तीन जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुने तीनै जना ८९ देखि ९१ वर्ष उमेर समूहका रहेका सहरको स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनीहरूमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या रहेको र खोप नलगाएको प्राप्त विवरणहरूमा जनाइएको छ।

त्यसअघि चीनले सांघाइमा कोभिडबाट कसैको मृत्यु नभएको जनाएको थियो । चीनको दाबीलाई लिएर सर्वत्र प्रश्न उठेको थियो।

अधिकारीहरूका अनुसार सोमबार एकै दिन २२ हजार २४८ नयाँ संक्रमित फेला परेका थिए। बचाउने अथक प्रयासबीच तीनै जनाको अस्पतालमा मृत्यु भएको सांघाइको स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ।

कोभिड महामारी फैलिएपछि सांघाइ तीन सातादेखि लकडाउनमा छ। लकडाउनका कारण सर्वसाधारण नागरिक सरकारसँग क्रुद्ध छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *