स्थानीय निर्वाचनमा पार्टीको तयारीबारे प्रचण्डले आज धारणा सार्वजनिक गर्ने
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दैछन्।
पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले स्थानीय निर्वाचनमा पार्टी तयारीलगायत विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्ने बताए।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुनेछ।
उम्मेदवारी दर्ता गर्ने दिन ६ दिन छँदा प्रचण्डले पत्रकार सम्मेलन गर्न लागेका हुन्। गठबन्धन दलहरूको आजै महानगर र उपमहानगरमा तालमेल टुङ्गो लगाउने तयारी छ। त्यसका लागि बैठक केहीबेरमा बस्दै छ।
तर, आ–आफ्नै दाबीबाट दलहरू पछि हटेका छैनन्। जसले गर्दा महानगर र उपमहानगरको बाँडफाँट नै टुङ्गो लगाउन मुस्किल परेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment