भारतमा फेरि बढे कोभिड संक्रमित, पछिल्लो २४ घन्टामा २१४ जनाको मृत्यु
नयाँ दिल्ली। भारतमा कोभिड संक्रमित फेरि बढेका छन्। दैनिक संक्रमितको संख्यामा निरन्तर गिरावट आएको भारतमा पछिल्लाे एक सातामा संक्रमण दर बढ्को हो। पछिल्लो २४ घन्टामा २ हजार १ सय ८३ जना नयाँ संक्रमित भेटिएका छन्। यो अघिल्लो दिनको तुलनमा ८९दशमलब ८ प्रतिशतले बढी हो। आईतबार १ हजार १ सय ५० जनामा संक्रमण देखिएको थियो।
पछिल्लो २४ घन्टामा कोभिडका कारण २१४ जनाको मृत्यु भएको छ। दैनिक संक्रमण दर शून्य दशमलब ३१ बाट बढेर शून्य दशमलब ३ प्रतिशत पुगेको छ। सक्रिय संक्रमितको संख्यामा भने थोरै मात्र गिरावट आएको छ। सक्रिय संक्रमितको संख्या ११ हजार ५५८ बाट घटेर ११ हजार ५४२ पुगेको छ।
दिल्ली र छेउछाउका शहर गाजियाबाद र नोयडाका धेरै विद्यार्थीहरूले पछिल्ला केही सातामा कोभिड पोजेटिभ देखिएको छ। विद्यार्थीमा कोभिड देखिएपछि केही विद्यालय बन्द गरिएका छन्।







डिसी नेपाल







Facebook Comment