इरानी राष्ट्रपतिले इजरायललाई ‘सिधै मुटुमा प्रहार गर्ने’ धम्की दिए

डिसी नेपाल
५ वैशाख २०७९ १३:०३
2.9k
Shares

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीले राष्ट्रिय सेना दिवसको अवसरमा इजरायललाई कडा चेतावनी दिएका छन् । इजरायललाई चेतावनी दिँदै रायसीले भने–’यहूदी शासनलाई थाहा छ कि उनीहरुको सानातिना गतिविधि पनि हाम्रो सेनाले देख्छ । यदि तिनीहरूले कुनै गल्ती गरे भने हाम्रो सेनाले उनीहरूको मुटुमा सीधा प्रहार गर्नेछ। हाम्रो सेनाको शक्तिले तिनीहरूलाई शान्तिमा बस्न दिँदैन।’

इरानले इजरायललाई मान्यता दिँदैन। तर इजरायलले पनि आणविक शक्ति सम्पन्न इरानलाई सहन नसक्ने बताएको छ । डोनाल्ड ट्रम्पले इरान र पश्चिमी देशहरूबीचको आणविक सम्झौता अन्त्य गरेका छन् । तर जो बाइडेन राष्ट्रपति भएदेखि आणविक सम्झौतालाई नयाँ ढंगले कार्यान्वयन गर्ने प्रयास भइरहेको छ ।

यसका लागि भियनामा पटक–पटक बैठकहरू भएका छन् । तर अहिलेसम्म यसमा खासै सफलता हात लाग्न सकेको छैन । हालै, इरान, पाकिस्तान र अफगानिस्तानलगायत धेरै देशहरूले जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनीहरू विरुद्ध इजरायली पुलिसको कारवाहीको आलोचना गरेका छन्। यस कारबाहीमा एक सयभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *