संकटग्रस्त श्रीलंकाका राष्ट्रपतिले उठाए ठूलो कदम
काठमाडौं । चरम आर्थिक संकटका कारण समस्यामा परेका श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्रीलाई सहभागी गराइएको छ ।
सरकार विरोधी आन्दोलनका कारण अप्रिलको पहिलो साता नै पूरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो । राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागेका थिए तर सबैले अस्वीकार गरेका थिए ।
विदेशी मुद्रा सञ्चितिको ह्रासका कारण श्रीलंकामा ठूलो मात्रामा विद्युत् कटौती भएको छ र खाद्यान्न, औषधि र इन्धनको अभाव छ । जसका कारण श्रीलंकाका जनताले राष्ट्रपति राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ।
नयाँ मन्त्रिपरिषद् गठन गर्ने राष्ट्रपतिको निर्णयको विपक्षी दलहरूले विरोध गरेका छन् । विपक्षीले अनुभवविहीनलाई मन्त्रिपरिषदमा मन्त्री बनाउँदै आएको बताएका छन् ।
यसैबीछ धितोपत्र बजार सोमबारदेखि एक साताका लागि स्थगन भएको छ ।
श्रीलंकामा यही महिनादेखि विरोध प्रदर्शन सुरु भएको छ । प्रदर्शन रोक्न श्रीलंका सरकारले सुरुमा देशमा संकटकाल लगाएको थियो भने सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाएको थियो । तर, पछि आपतकाल हटाइए पनि आन्दोलन जारी छ ।







डिसी नेपाल







Facebook Comment