प्रधानमन्त्री बनेको १ हप्ता नहुँदै शहबाज शरीफ घेराबन्दीमा, मोदीलाई पत्र लेखेर फसे
काठमाडौं । पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहबाज शरीफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेका कारण आफ्नै देशमा फसेका छन् । प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा शाहबाज सरिफले दुवै देशको शान्ति र विकासका लागि जम्मू-कश्मीर र अन्य विवादित मुद्दाहरू समाधान गरिनुपर्ने लेखेका छन्।
पत्रको भाषाशैलीलाई लिएर पूर्व पाकिस्तानी कूटनीतिज्ञ र भारतका लागि पाकिस्तानी उच्चायुक्त अब्दुल बासितले शाहबाज शरीफलाई निशाना बनाएका छन् र भनेका छन् कि यो एकदम कमजोर प्रतिक्रिया हो। शाहबाज शरीफले आइतबार प्रधानमन्त्री मोदीको बधाईको जवाफमा यो पत्र लेखेका थिए। प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत शाहबाज सरिफलाई प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिएका थिए ।
शाहबाज शरीफले मोदीलाई लेखेको पत्रको खिल्ली उडाउँदै अब्दुल बासितले आफ्नो एउटा ट्वीटमा लेखेका छन्, ‘यो कमजोर प्रतिक्रिया हो। कश्मीर मुद्दा होइन, विवाद हो । प्रधानमन्त्री मोदीले आफ्नो बधाई सन्देशमा आतंकवादको उल्लेख गरेका थिए तर कश्मीरमा भारतको राज्य आतंकवादलाई के गर्ने? र कमाण्डर कुलभूषण जाधवको बारेमा के हो? पाकिस्तान माफी मागेजसरी प्रस्तुत हुनु पर्दैन ।’
अब्दुल बासितको ट्विटको जवाफमा एक प्रयोगकर्ताले सोधे कि त्यसो भए पाकिस्तानका प्रधानमन्त्रीले आफ्नो पहिलो कुराकानीमै भारतसँग युद्धको घोषणा गर्नुपर्थ्यो ? जवाफमा अब्दुल बासितले भने, ‘मैले भारतलाई अझ राम्रो जवाफ दिन सकिन्थ्यो भन्न खोजेको हो।’
जिया उर रहमान साजिद नामका प्रयोगकर्ताले प्रधानमन्त्री मोदीको बधाई सन्देश ट्वीट गर्दै लेखेका छन्, ‘वास्तविक कुरा यही हो । भारतीय प्रधानमन्त्रीको बधाई सन्देशले पाकिस्तानप्रति उनको सरकारको नियत स्पष्ट देखाएको छ, तर हाम्रो सरकारले सधैं माफी माग्दै आएको छ ।’
जावेद इकबाल नाम गरेका प्रयोगकर्ताले लेखेका छन्, ‘त्यसोभए यो सरकारबाट के आशा गर्नुहुन्छ ? तिनीहरू लुटेरा हुन् र तपाईं तिनीहरूबाट कूटनीतिको अपेक्षा गर्नुहुन्छ। यी मानिसहरूले मोदी र अमेरिकालाई कुनै पनि हालतमा खुसी राख्नेछन्। तपाईंले इमरान खानको आलोचना गर्नुहुन्थ्यो तर अहिले शाहबाजबाट आशा राखेर समय बर्बाद गरिरहनुभएको छ ।’
सज्जाद सईद नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘पाकिस्तानको पहिलो औपचारिक आत्मसमर्पण –निकै कमजोर प्रतिक्रिया । यो प्रतिक्रियाले कश्मीर मुद्दालाई मात्र कमजोर बनाउँदैन । अगस्ट ५ मा भारतको एकपक्षीय कदमपछि पाकिस्तानको अथक प्रयासलाई पनि कमजोर बनाउँछ। शरीफ परिवारबाट यस्तो प्रतिक्रिया आउनु अचम्मको कुरा होइन। यो धेरै दुखद छ।’
इनायत शाह नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘हो, पाकिस्तानले माफी माग्न हुँदैन । सहमत, तर दुर्भाग्यवश पाकिस्तानको वर्तमान प्रधानमन्त्री पाकिस्तानको प्रतिनिधि होइन तर उनी आफ्नो भ्रष्टाचारको आरोपको अन्त्य गर्नका लागि अमेरिकी एजेन्डाको साथमा छन्।’
पाकिस्तानको प्रधानमन्त्री बनेकोमा शाहबाज शरीफलाई बधाई दिँदै प्रधानमन्त्री मोदीले ट्वीट गरे, ‘मियाँ मोहम्मद शहबाज शरीफलाई पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई छ। भारतले आतंकवादमुक्त क्षेत्रमा शान्ति र स्थायित्व खोज्छ, ताकि हामीले हाम्रो विकासमा परेका बाधाहरूलाई सम्बोधन गर्न र हाम्रा जनताको कल्याण र समृद्धि सुनिश्चित गर्न सकौं।
प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशको जवाफमा शाहबाज शरीफले आफ्नो पत्रमा लेखेका छन्, ‘मलाई प्रधानमन्त्री बनेकोमा बधाई दिनु भएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद । पाकिस्तान जम्मु कश्मीरलगायत सबै समस्याको शान्तिपूर्ण समाधान चाहन्छ। आतंकवादविरुद्ध लड्न पाकिस्तानले गरेको त्याग सबैलाई थाहा छ। मिलेर शान्ति सुनिश्चित गरौं र हाम्रा जनताको सामाजिक-आर्थिक विकासमा ध्यान केन्द्रित गरौं। पाकिस्तान भारतसँग शान्तिपूर्ण र सहयोगी सम्बन्धको पक्षमा छ।’







डिसी नेपाल







Facebook Comment