जेन ट्राभल्सले ल्यायो मानवीय सहयोगीसहित अमेरिका–नेपाल टिकट बुकिङ इन्जिन

डिसी नेपाल
६ वैशाख २०७९ १०:५२

काठमाडौं। अमेरिका–नेपाल हवाइ यात्राका लागि सबैभन्दा लोकप्रिय टिकट बुकिङ एजेन्सी जेन ट्राभल्सले आफ्नो टिकट बुकिङ इन्जिनमा मानवीय सहायता थप गरेको छ । यससँगै अब अनलाइनमार्फत टिकट बुकिङ गर्ने यात्रुले कुनै त्रुटिवश गलत टिकट खरिद गर्ने अवस्था आइपरेमा जेन ट्राभल्सका सहयोगीले त्यो त्रुटि सुधार गरिदिनेछन् ।

अनलाइनमार्फत टिकट बुकिङ गर्दा धेरैजसो कम्प्युटर प्रणालीमा टिकट बुकिङ हुन्छ । यसो गर्दा बुकिङ गर्नेले झुक्किएर गलत सूचना भरेमा गलत टिकट खरिद हुने जोखिम हुन्छ । तर, अब जेन ट्राभल्सबाट टिकट खरिद गर्दा भने झुक्किएर त्यस्तो गल्ती भइहाले पनि मानवीय हिसाबले त्यसको पुष्टि गरिन्छ ।

जेन ट्राभल्सले एक वक्तव्यमा जनाएअनुसार कुनै पनि यात्रुले टिकट बुकिङ गरेपछि जेन ट्राभल्सका कर्मचारीले ती यात्रुसँग संवाद गर्नेछन् र पासपोर्टको विवरण बुकिङसँग मिल्छ कि मिल्दैन भनेर पुष्टि गर्नेछन् । यसबाहेक ती सहयोगीले यात्रुलाई भिसा सम्बन्धी नियम र परिवर्तित कोभिड नियमबारे विस्तृत जानकारी दिनेछन् । सहयोगीले बुकिङ यात्रुले यात्रा गर्न चाहेको मिति र ट्रान्जिटको समयसँग मिल्छ वा मिल्दैन भन्ने पनि पुष्टि गर्नेछन् ।

कम्पनीका अनुसार जेन ट्राभल्सले एयरलाइन्स कम्पनीले उपलब्ध गराएको सबैभन्दा प्रतिस्पर्धी दरमा सस्तो टिकट उपलब्ध गराउँछ र उसको टिकट दर अमेरिकाका प्रतिष्ठित एयर टिकट बुकिङ कम्पनी एक्सपेडिया, अर्बिट्जहरुको टिकट दरसँग मिल्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *