रुसी जलसेनालाई ठूलो झट्का, सबैभन्दा ठूलो ल्याण्डिङ शिपका कमाण्डरलाई युक्रेनले मारिदियो

डिसी नेपाल
६ वैशाख २०७९ १४:२०
9.5k
Shares

काठमाडौं । युक्रेन र रुसबीचको युद्ध रोकिनुको साटो बढ्दै गएको छ । यस युद्धमा रुसी सैनिकले युक्रेनका धेरै सहरमा भयंकर विनाश गरेका छन् । धेरै बस्तीहरू सुनसान बनेका छन् र धेरै भवनहरू भग्नावशेषमा परिणत भएका छन्। तर युक्रेनले पनि हार मानेको छैन। युक्रेनी सेनाले पनि निरन्तर जवाफ दिइरहेको छ । यसै क्रममा युक्रेनले रुसी नौसेनालाई चार दिनभित्र दोस्रो ठूलो झट्का दिएको छ।

युक्रेनले अब रुसको तेस्रो श्रेणीका कप्तान र रुसी नौसेनाको ल्याण्डिङ शिप सिजर कुनिकोभका कमाण्डर अलेक्जेंडर चिर्भाको हत्या गरेको छ । तर, एजेन्सीका अनुसार चिरभाको मृत्यु अज्ञात परिस्थितिमा भएको हो । यसअघि युक्रेनले युद्धको ५० औं दिनमा रुसी क्रुजर मोस्कभालाई ध्वस्त पारेको थियो । यो रुसी युद्धपोतले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइलको वर्षा गरिरहेको थियो । युक्रेनले यो युद्धपोतलाई आगोको ज्वालामा परिणत गर्न नेप्च्युन मिसाइल प्रयोग गरेको बताएको छ । यो युद्धपोतको बारुदमा आगो लागेको रुसले दाबी गरेको छ । यस कारण त्यहाँ मोस्कवामा एक विस्फोट भएको थियो।

अब युक्रेनले आफ्नो सेनाले ल्याण्डिङ शिपका कमाण्डरलाई मारेको दाबी गरिरहेको छ । यसअघि मार्च २४ मा युक्रेनका जनरल स्टाफले सिजर कुनिकोभलाई युक्रेनी सेनाले बर्दियान्स्क सहर नजिकै क्षति पुर्याएको दाबी गरेका थिए। दुई देशबीच २४ फेब्रुअरीबाट युद्ध सुरु भएको थियो। रूसी मोस्क्वा युद्धपोत युद्धको पहिलो दिनदेखि नै चर्चामा थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *