रुसी हमलमा ५० लाख युक्रेनी विस्थापितः राष्ट्रसंघ

डिसी नेपाल
७ वैशाख २०७९ ६:१३
40
Shares

किभ। रूसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ। शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश छाडेका छन्। उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन्।

आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन्। तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदुर छन्।

अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन्। रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन्।

युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *