रुसले भन्यो– अमेरिका र पश्चिमी देशका कारण युक्रेनमा हाम्रो कारवाही लम्बियो
काठमाडौं । रुसले युक्रेनमा आफ्नो ‘सैन्य अपरेशन’ लम्बाएकोमा अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ।
रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनमा आफ्नो देशको ‘सैन्य अभियान’ लाई लम्ब्याउन अमेरिका र पश्चिमा देशले सबै प्रयास गरिरहेको दाबी गरेका छन् ।
युक्रेनलाई विदेशी हतियारको आपूर्तिमा भएको बृद्धिले अमेरिका र पश्चिमा राष्ट्रको मनसाय अन्तिमसम्म युक्रेनलाई लडाउने रहेको सोइगीले बताए ।
उनले भने कि रुसी सेनाले डोनेस्क र लुहान्स्कलाई “मुक्त” गर्न एकपछि अर्को व्यवस्थित कदम चालेको छ।
रुसी टेलिभिजन च्यानल रोजिया २४ ले रक्षामन्त्रीले यसबारे बोल्दै गरेको देखाएको छ ।
रक्षामन्त्रीले देशका उच्च सैन्य अधिकारीहरूको सल्लाहकार समितिसँग यस विषयमा छलफल गरिरहेको च्यानलले जनाएको छ ।
तर, उक्त छलफल रेकर्ड गरिएको हो वा प्रत्यक्ष प्रशारण गरिएको हो भन्ने अझै स्पष्ट भएको छैन ।
यदि यो पुष्टि भयो भने, पछिल्ला दिनहरूमा उनको सार्वजनिक उपस्थिति यो पहिलो पटक हो। यसअघि उनको स्वास्थ्य खराब भएको खबर आएको थियो ।







डिसी नेपाल







Facebook Comment