बर्दियामा ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु

डिसी नेपाल
८ वैशाख २०७९ १३:३५
52
Shares

बर्दिया। बर्दियाको बासगढी नगरपालिका–७ गौरीपारामा बुधबार साँझ ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लक्ष्मी नारायण यादवको एक वर्षीया छोरी शिवानीजी रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।

हिजो साँझ साढे ५ बजे आफ्नै घर अगाडी नम्बर नखुलेको ट्रयाक्टर पछाडी सार्ने क्रममा बालिकालाई ठक्कर दिएको थियो।

दुर्घटना बारे प्रहरीलाई खबर नगरी शव सतगद गर्दै गरेका मृतकका बुबा र ट्रयाक्टर चालक मनोज यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जलाउँदै गरेको शव समेत प्रहरीले बरामद गरी पोष्टमार्टमका लागी गुलरिया स्थित बर्दिया अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *