गोदाममा भीषण आगलागी, करोडौँको सामान जलेर नष्ट
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ। स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ।
मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए।
गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब रु छ करोड बराबरको क्षति भएको बताए। क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उनले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment