कपिलवस्तुमा जिपको ठक्करबाट बालिकाको मृत्यु

डिसी नेपाल
१२ वैशाख २०७९ १२:०७

कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ ईमिलियामा आइतबार बेलुकी जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय शान्ति परियारकी ६ वर्षीया छोरी एल्बिना परियार रहेकी छिन्। जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो।

हिजो बेलुकी साढे ८ बजे पैदल हिडिरहेकी उनलाई लु ३ च ३०८९ नम्बरको जिपले ठक्कर दिएको थियो।

जिप सहित चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *