अध्यक्ष बन्न झलनाथ खनालले गरेका थिए अस्वीकार

शरद रिजाल
१३ वैशाख २०७९ ८:०७

काठमाडौं। नेपालको राजनीतिमा केही समय अघि एमसीसीको बहस निकै पेचिलो बनेको थियो। सत्तारुढ होस या प्रतिपक्ष सबै पार्टी भित्र एमसीसीको वहसले प्राथमिकता पाएको थियो। त्यो बेला नेपालको राजनीति एमसीसीको वरिपरी घुमिरहेको थियो।

यसको पक्ष विपक्षमा नेपाली राजनीति धुव्रीकृत हुने संकेत देखिएको थियो। यी र यस्तै स्थितिका बावजुद गत फागुन १५ गते तीव्र रस्साकस्सीबीच संसदबाट एमसीसी पारित भयो। एमसीसी पारित भएसँगै विरोधका स्वरहरु क्रमश मथ्थर बन्दै गएका छन्। हाल एमसीसीको वहसले प्रधानता पाएको देखिँदैन।

सुरुमा विरोधस्वरुप सडकमै उत्रिएको माओवादी र एकीकृत समाजवादीसमेत अन्त्यमा ब्याख्यात्मक घोषणाको उपमा दिँदै एमसीसीकै पक्षमा उभिए। एमसीसी पारित गर्नुपूर्व होस् या पछि ती पार्टी भित्रैका केही नेताहरुको असहमति यथावत नै थियो।

पारित भएसँगै एकीकृत समाजवादीकै सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चर्को असन्तुष्टि प्रकट गरेका थिए। उनले ब्याख्यात्मक घोषणालाई झुटको पुलिन्दा भन्दै सो घोषणा जनतालाई थाङ्नामा सुताउने प्रपञ्च भएको समेत आरोप लगाए। उनी अन्तिमसम्म ब्याख्यात्मक घोषणाकै विरोधमा थिए।

त्यस्तै प्रतिपक्षी दलका नेता भीम रावल एमसीसीकोे सुरुदेखि नै विरोध गदै आएका थिए। उनको पार्टीले त्यस बखत संसदीय प्रक्रियामै विरोध जनाएको थियो। त्यो अबस्थामासमेत उनले संसदमा चर्को स्वरले विरोध गरेका थिए। एमालेका माधव नेपाल पक्षधर नेताहरु बिभाजनको सम्मुखमा दश बुँदे सहमतिमार्फत केपी ओलीकै पक्षमा गएका केही नेताहरु पनि एमसीसीमा असहमति राख्दै आएका थिए।

खनालले नयाँ पार्टीलाई तत्काल जनताले विश्वास गर्ने बलियो आधार नहुँदा भविश्य नभएको बताएपछि निराश हुँदै फर्किएका थिए। नयाँ बन्ने पार्टीमा एमसीसी विरोधीहरु सबैलाई समेट्ने अपेक्षासहित खनाल निवास पुगेको टोलीले उनलाई अध्यक्ष बन्न र पार्टी गठनको प्रक्रिया अगाडि बढाउन अनेकौं प्रयत्न समेत गरेको बताइएको छ ।

एमसीसीकै उपज नेपालका राजनीतिक पार्टीभित्र तिब्र अन्तरकलह चलेको थियो। कतिपय पार्टी बिभाजित हुने स्थितिमा समेत पुगेका थिए। नेपालको राजनीतिक वृत्तमा एमसीसीकै कारण कित्ताकाट हुने अबस्था पैदा भएको थियो।

कांग्रेस र जसपा बाहेकका पार्टी भित्र एमसीसीलाई लिएर अन्तरकलह व्याप्त थियो। माओवादी र एकीकृत समाजवादीकै बहुसंख्यक कार्यकर्ताहरु एमसीसीको विरोधमा सडक तताएका थिए।

यी बिभिन्न पार्टी भित्र रहेका एमसीसी विरोधीहरु संगठित बन्ने त्यतिबेला धेरैले अनुमान गरेका थिए। त्यसबखत डिसी नेपालमा एमसीसी विरोधीहरुको नयाँ पार्टीको संभावनालाई लिएर, एमसीसी विरोधीहरुको नयाँ पार्टी निर्माणको संभावना कति छ? भन्ने बिषयमा समाचार समेत प्रकाशित गरेको थियो।

त्यस बिषयमा प्रतिक्रिया लिँदा अधिकांश सम्बन्धित नेताहरुले परम्परागत पार्टीको बिरासत त्याग्न कोही पनि तयार नहुने हुँदा तत्काल संभावना नरहेको बताएका थिए। भीम रावलले एमसीसी विरोधी देशभक्त शक्तिहरु आगामी कुनै समयमा संगठित हुन सक्ने बताएका थिए। तत्काल संभावना नरहेको तर समयक्रममा संगठित हुन सक्ने रावलको भनाइ थियो।

हेर्नुहोस समाचार

एमसीसी विरोधीहरुको नयाँ पार्टी निर्माणको संभावना कति?

माओवादीका नारायणकाजी श्रेष्ठ ,कृष्णबहादुर महरा,लिलामणि पोखरेल, देव गुरुङ, गिरीराजमणि पोखरेल, अञ्जना विशंखेलगायतका नेता कार्यकर्ताहरु विरोध गर्दै आएका थिए। एमालेका भीम रावल र तत्कालीन नेकपा कालका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, एकीकृत समाजवादीका झलनाथ खनाल लगायतका नेताहरु एमसीसी बिरोधी अडानमा थिए।

एमसीसी पारित भएसंगै यीनै एमसीसी विराधी नेताहरु नयाँ पार्टी गठन गर्ने तह सम्म पुगेको तर झलनाथ खनालले प्रस्ताव अस्वीकार गर्दा पार्टी गठन गर्ने कार्य बीचमै स्थगन भएको खुलासा भएको छ।

नेकपा (एमाले) र माओवादी भित्रका केही एमसीसी विरोधी नेताहरु झलनाथ खनाल समक्ष नयाँ पार्टी गठनको प्रस्ताव लिएर खनाल निवास डल्लु पुगेका थिए। एमाले भित्र ओलीको कोपभाजनमा परेका दश भाइ भनेर चिनिने पूर्व माधव नेपाल पक्षधर नेताहरु र माओवादी केन्द्रका एमसीसीको विरोध गरिरहेका केही नेताहरु खनाल समक्ष पार्टी गठनको प्रस्ताव लिएर उनको निवासमा पुगेको स्रोतले बताएको छ।

एमालेकातर्फबाट नेता घनश्याम भुसाल र माओवादी नेता देव गुरुङ लगायतका नेताहरु झलनाथ खनाललाई अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्न प्रस्ताव लिएर गएको स्रोतले जनाएको छ। खनाललाई पार्टी गठनको योजना र नयाँ पार्टीको प्रस्ताबित खाकासहित खनाल निवास पुगेको भुसालनिकट स्राेत  डिसी नेपाललाई जानकारी दियो।

स्राेतका अनुसार पार्टी गठनको सम्पूर्ण तयारी गरेर खनाल निवास पुगेको टोलीलाई खनालले नयाँ पार्टीलाई तत्काल जनताले विश्वास गर्ने बलियो आधार नहुँदा भविश्य नभएको बताएपछि निराश हुँदै फर्किएका थिए। नयाँ बन्ने पार्टीमा एमसीसी विरोधीहरु सबैलाई समेट्ने अपेक्षासहित खनाल निवास पुगेको टोलीले उनलाई अध्यक्ष बन्न र पार्टी गठनको प्रक्रिया अगाडि बढाउन अनेकौं प्रयत्न समेत गरेको बताइएको छ ।

एमालेमा फर्किएका दश भाइ मध्येका एकको भनाइ उद्धत गर्दै स्राेतले भन्यो, ‘ओलीले आफूहरुलाई अपमानजनक व्यबहार गर्नु भयो। यसरी अब सँगै बस्न सकिँदैन। एकीकृत समाजवादीमा जाँदा पनि तत्काल संभव छैन। त्यसैले तपाईँले (खनाल) नयाँ पार्टीको नेतृत्व गर्नुस्। अहिले एमसीसीका कारण धेरै जना नयाँ पार्टीमा गोलबद्ध हुने अवस्था छ।’

माओवादीका नेताहरुले एमसीसीमा असन्तुष्ट रहेका अन्य नेताहरु समेत आउने दाबी गर्दै पार्टी नेतृत्वको लागि खनाल समक्ष आग्रह गरेका थिए। उनीहरु ठूलो संख्यामा नेता कार्यकर्ताहरु आउने हुँदा नयाँ पार्टी गठन गरि नेतृत्व लिन खनाललाई हौसाएका थिए।

जवाफमा खनालले अहिलेको परिस्थतिमा नयाँ पार्टी गठन गरेर आगामी निर्वाचनमा सन्तोसजनक परिणाम नआउने भन्दै नयाँ पार्टीको पक्षमा आफू नभएको बताएका थिए । उक्त प्रस्ताव खनालले अस्वीकार गरेसँगै टोली निराश भएर फर्किएको स्रोतको दाबी छ । खनालले अस्वीकार गरसँगै नयाँ पार्टी गठनको प्रक्रिया ओझेलमा परेको भुसाल निकट स्रोतको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *