रुपन्देहीमा पाँच हजार ७४ जनाको मनोनयन

डिसी नेपाल
१३ वैशाख २०७९ १८:४७

बुटवल । रुपन्देहीका १६ वटा पालिकामा पाँच हजार ७४ ले मनोनयन दर्ता गराएका छन् । एउटा उपमहानगरपालिका र पाँच नगरपालिका रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा ४७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार तिलोत्तमा नगरपालिकामा ४६५, लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५६६ जना, देवदह नगरपालिकामा ३५७, सैनामैना नगरपालिकामा २२५ जना, सिद्धार्थनगरपालिकामा ४२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै सियारी गाउँपालिकामा १९६ जना, शुद्धोधनमा १६२ जना, समरीमाईमा ३१६ जना, ओमसतियामा २२५ जना, रोहिणी गाउँपालिकामा २३७ जना, मायादेवीमा ३१८ जनाको उम्मेदवारी परेको छ । मर्चवारीमाईमा २८२ जना, कोटहीमाइमा ३२६ जना, कञ्चनमा १५२ जना, गैडहवामा ३४५ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर विनोद अधिकारीले जानकारी दिनुभयो । निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारको विरोधमा उजुरी लिने कार्यतालिका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *