खोटाङका आठ गाउँपालिका प्रमुख र उपप्रमुख पद दोहोर्‍याउने दाउमा

डिसी नेपाल
१३ वैशाख २०७९ २२:०१

खोटाङ । खोटाङको चार गाउँपालिका प्रमुख र चार उपप्रमुखले पुरानै पदमा दोहोरिन उम्मेदवारी दिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष निर्वाचित शंखरबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, माओवादी केन्द्रबाट निर्वाचित साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का र कांग्रेसबाट निर्वाचित बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले पुनः सोही पदमा दोहोरिन उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै, एमालेबाट निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर वीणादेवी राई, ऐसेलुखर्क गाउँपालिकाका उपप्रमुख पुष्पकला भुजेल, जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष विमला राई र कांग्रेसबाट निर्वाचित साकेला गाउँपालिका उपाध्यक्ष सरिता खड्का पुनः पुरानै पदमा निर्वाचित हुनका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

उपप्रमुखबाट प्रमुखका उम्मेदवार

कांग्रेसबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राई मेयरका उम्मेदवार बनेकी छन् । यस्तै, एमालेबाट निर्वाचित खोटेहाङ गाउँपालिकाकी उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष गोमादेवी मगर प्रमुख बन्नका लागि चुनावी मैदानमा उत्रिएकी छन् ।

जो पाँच वर्षमा आउट भए

जिल्लाका १० स्थानीय तहमा यसअघि निर्वाचित ९ पालिका प्रमुखरउपप्रमुख बाहिरिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौला र उपाध्यक्ष समला राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र केपिलासगढी गाउँपालिका उपाध्यक्ष हीरादेवी वन चुनावी मैदानबाट बाहिरिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *