कैलालीमा मनोनयन दर्ता गराएका चार उम्मेदवारविरुद्ध उजुरी

डिसी नेपाल
१४ वैशाख २०७९ ०:००
40
Shares

कैलाली । कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराएका चार जनाविरुद्ध आज उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएको एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।

उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए । जिल्लाको घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरी र वडा अध्यक्षमा उम्मेदवारी दिएका हिराजन विष्टका विरुद्ध उजुरी परेको छ ।

पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए ।

कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ । जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *