एकाबिहानै कसले ढलायो भैरहवा सडकपेटीका १२ गमलासहित बिरुवा ?

डिसी नेपाल
१४ वैशाख २०७९ ८:४७

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर-१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्‍याइएकाे छ। वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बाेटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन्।

वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन्। ‘२०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो, विरुवा कसले ढाल्यो भन्ने खुलेको छैन,’ वडा अध्यक्ष करुन्जन श्रेष्ठले भने।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिकाे समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए। सिसी क्यामराकाे फुटेज पनि हेरिने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *