‘हाम्रा नागरिकको रगत व्यर्थ जान सक्दैन, दोषीले मूल्य चुकाउनेछन्’
काठमाडौं । चीनको विदेश मन्त्रालयले पाकिस्तानको कराँची घटनाप्रति कडा प्रतिक्रिया दिएको छ । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार बुधबार परराष्ट्र मन्त्रालयले चिनियाँ नागरिकको रगत खेर जान नसक्ने र यस घटनाको पछाडि जो कोही भए त्यसको मूल्य अवश्य चुकाउनुपर्ने बताएको छ ।
The blood of the Chinese cannot be shed in vain, and those behind this incident will surely pay the price, a Chinese foreign ministry spokesperson made the remarks on the terrorist attack in Karachi, Pakistan https://t.co/BAngzWoHs8 pic.twitter.com/oTy9n3Wcrp
— China Xinhua News (@XHNews) April 27, 2022
कराँची विश्वविद्यालयमा मंगलबार भएको आत्मघाती बम आक्रमणमा तीन चिनियाँ नागरिकको मृत्यु भएको थियो । तीनै जना चिनियाँ नागरिक कन्फ्युसियस इन्स्टिच्युटमा आबद्ध थिए। तीमध्ये एक जना यस संस्थानका निर्देशक थिए र अन्य दुई जना यसका शिक्षक थिए। चीनका सहायक विदेशमन्त्री वु सियाङ्गाओले चीनका लागि पाकिस्तानी राजदूतलाई फोन गरी घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।
Prime Minister Shahbaz Sharif visited the Chinese Embassy in Islamabad, and met with Chinese Charge d’Affaires Ms. Pang Chunxue to express his grief and condolences over the deaths of Chinese nationals in the attack in Karachi University. pic.twitter.com/rzahc31q0o
— Prime Minister’s Office (@PakPMO) April 26, 2022
उनले पाकिस्तानले विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे। उनले चीनका नागरिकको सुरक्षाका लागि सम्भावित सबै कदम चाल्न र भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्ने पनि ख्याल गर्न आग्रह गरे । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले पनि घटनाको कडा आलोचना गर्दै दोषीलाई नछोड्ने बताएका छन्। मंगलबार उनले पाकिस्तानस्थित चिनियाँ दूतावासमा गएर शोक प्रकट गरेका थिए ।







डिसी नेपाल







Facebook Comment