गौतम अडानी विश्वकै चौथो धनी बने
काठमाडौं । गौतम अडानी अब भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मात्र रहेनन्, उनी अहिले विश्वकै चौथो धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति माइक्रोसफ्टका बिल गेट्स बराबर भएको छ ।
ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, अडानी र गेट्स दुबैको कुल सम्पत्ति १२५ बिलियन डलर छ। अब उनले मुकेश अम्बानी, वारेन बफेट, गुगलका सह-संस्थापक ल्यारी पेज र सर्गेई ब्रिनलाई पछि पार्दै विश्वका धनी व्यक्तिको सूचीमा पुगेका छन् ।
फोर्ब्सको रियल टाइम बिलियनेयर इन्डेक्सका अनुसार गौतम अडानी विश्वका पाँचौं धनी व्यक्ति हुन् । उनी यस सूचीमा बिल गेट्सभन्दा अलि पछाडि छन् । यहाँ उनको कुल सम्पत्ति १२९ बिलियन डलर अनुमान गरिएको छ। जबकि बिल गेट्सको कुल सम्पत्ति १२९.४ बिलियन डलर अनुमान गरिएको छ ।
गौतम अडानीको सम्पत्ति एकै दिनमा ६.३ अर्ब डलरले बढेको छ । सन् २०२२ मा मात्रै अडानीको सम्पत्ति ४८.३ बिलियन डलरले बढेको छ । २०२१ को अन्त्यमा गौतम अडानीको सम्पत्ति ७६.७ बिलियन डलर थियो । अडानी समूहका कम्पनीको शेयर मूल्य लगातार बढिरहेको छ । विगतमा उनका दुवै कम्पनी अडानी पावर र अडानी विल्मारको सेयरमा लगातार अपर सर्किट लागेको छ ।
एलोन मस्क, जेफ बेजोस, बर्नार्ड अर्नाल्ट र बिल गेट्स मात्रै अर्बपतिहरूको सूचीमा अडानीभन्दा अगाडि छन् । तर ती सबैको सम्पत्तिमा लगातार गिरावट आएको छ, अर्थात् उनीहरू रेड जोनमा छन्। जबकि अडानीको सम्पत्ति लगातार बढ्दै गइरहेको छ र ग्रीन जोनमा छन् । यदि गौतम अडानीले यही गतिलाई निरन्तरता दिए भने उनी छिट्टै विश्वको तेस्रो धनी व्यक्ति बन्नेछन् ।







डिसी नेपाल







Facebook Comment